विद्यालयमा खेलिरहेका बेला भिरमा खसेर बालकको ज्यान गयो

नेपालभ्युज

विद्यालयमा खेलिरहेका बेला भिरमा खसेर बालकको ज्यान गयो

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका-६ धङकङमा विद्यालमै खेलिरहेका विद्यार्थीको भिरबाट लडेर ज्यान गएको छ ।

छिपुलाकेदार मावि कक्षा ५ अध्ययनरत १२ वर्षीय समिर महताको आइतबार विद्यालयमा खेलिरहेका बेला भिरबाट लडेर समिर महताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुलको कम्पाउन्डनजिकै खेलिरहेका उनी लडेर झन्डै ५०/६० मिटर तल खसेका थिए  । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान गर्न अहिले खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved