सहिद परिवारले मधेस प्रदेशको गृह मन्त्रालयमा तालाबन्दी गरे

प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक सहिद परिवारका सदस्यले पैसा पाएका छैनन् ।

नेपालभ्युज

सहिद परिवारले मधेस प्रदेशको गृह मन्त्रालयमा तालाबन्दी गरे

जनकपुर। जनयुद्धका सहिद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ ।

सहिद प्रतिष्ठानले दिने घोषणा गरेको  तीन लाख रुपैयाँ नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरेको हो । आज आइतबार विभिन्न जिल्लाबाट आएका जनयुद्धका सहिद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि मुख्यमन्त्री उपलब्ध भएनन् ।

मधेश सरकारले गत वर्ष नै जनयुद्धमा सहिद भएका परिवारलाई किस्ताबन्दीमा रु तीन लाख उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक सहिद परिवारका सदस्यले पैसा पाएका छैनन् ।

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । सहिद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनुपर्ने माग गर्नुभयो ।

सहिद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सो काम सरकारको भएको सहिद परिवारका सदस्य राजु महतोले बताउनुभयो । असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता सहिद परिवारलाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved