२९ वर्षको हात्ती श्रीलंकाले थाइल्याण्डलाई नै फिर्ता गर्‍यो, ७ लाख डलर खर्च

नेपालभ्युज

 २९ वर्षको हात्ती श्रीलंकाले थाइल्याण्डलाई नै फिर्ता गर्‍यो, ७ लाख डलर खर्च

एजेन्सी। थाइल्याण्डले दुई दशक पहिले श्रीलंकालाई उपहारमा दिएको हात्ती फिर्ता लगेको छ ।

थाइल्याण्डमा ‘साक सुरिन’ भनेर चिनिने ‘मुथु राजा’ अहिले २९ वर्षको भएको छ । थाइल्याण्डले हात्तीलाई दुर्व्यवहारको बारेमा गुनासो गरेपछि श्रीलंका सरकारले यसलाई फिर्ता पठाउने निर्णय गरेको थियो।

दक्षिणी श्रीलंकाको बौद्ध मन्दिरमा बस्ने मुथु राजालाई यातना दिइने भएकोले यो हात्ती आफूलाई फिर्ता गरिनुपर्ने थाइल्याण्डको माग थियो । चार टन वजनको मुथुराजलाई कोलम्बो विमानस्थलमा ल्याइएको थियो जहाँबाट चार्टर्ड कार्गो प्लेनमार्फत थाइल्याण्ड लगिएको थियो।

हात्तीको हेरचाह गर्ने र पशुचिकित्सक पनि सँगै थिए। मुथु राजाको स्वदेश फर्कन ७ लाख डलर लागत अनुमान गरिएको छ  जुन थाइल्याण्ड सरकारले व्यहोर्ने छ।

श्रीलंकामा पशु अधिकारका लागि काम गर्ने कार्यकर्ताहरूले मुथु राजलाई दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved