रातो भन्दा हरियो टमाटर धेरै फाइदाजनक ?

नेपालभ्युज

रातो भन्दा हरियो टमाटर धेरै फाइदाजनक ?

एजेन्सी । हरियो टमाटरमा कैयौं पोषक तत्वहरु पाइन्छन् जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । त्यसैले हरियो टमाटरको सेवनले तपाईंले धेरै नै फाइदाहरु पाउन सक्नुहुन्छ ।

– भिटामिन सी हुने भएकाले यसले शरीरको इम्यूनिटीलाई बुस्ट गर्छ । जसले गर्दा कैयौं रोग तथा विमारीहरुबाट बच्न सकिन्छ ।

– हरियो टमाटरमा पोटाशियम जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन् जो हृदयको स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छन् । यसको सेवनले तपाईंलाई हृदयसम्बन्धी रोगहरुको खतरालाई कम गर्न सक्नुहुन्छ ।

– हरियो टमाटरको सेवनले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन सकिन्छ । त्यसैले खानपानमा हरियो टमाटरलाई अवश्य समावेश गर्नुहोस् जसले तपाईंको पेट एकदमै शान्त रहनेछ ।

– हरियो टमाटरमा भिटामिन ए पनि प्रसस्त मात्रामा पाइन्छ जो आँखाका लागि अत्यावश्यक छ । त्यसैले आफ्नो आँखालाई कमजोर हुनबाट बचाउनका लागि खानपानमा हरियो टमाटरलाई पनि समावेश गर्नुहोस् ।

– छालालाई प्राकृतिक रुपमै चम्किलो बनाउनका लागि हरियो टमाटर खानुहोस् । हरियो टमाटरमा भिटामिन सीको मात्रा पाइन्छ जो छालाका लागि पनि एकदमै लाभदायक छ ।

– हरियो टमाटर लो ग्लाइसेमिक इन्डेक्स भएको फुड हो, जसको सेवनले मधुमेह पनि कम गर्न सकिन्छ । त्यसैले टमाटरको सेवनले चिनीको मात्रालाई नियन्त्रणमा राख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved