विश्वकप छनोट प्लेअफ : नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्दै

नेपालभ्युज

विश्वकप छनोट प्लेअफ : नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ। हरारेस्थित टाकासिङ्गा स्पोर्ट्स क्लबमा केही बेरमा सुरु हुने खेलमा टस जितेर नेपालले बलिङ रोजेको हो।

सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएई सातौं स्थानको लागि प्रतिस्पर्धा हुन लागेको हो। नेपाल विश्वकप छनोटमा समूह ‘ए’ को चौथो स्थानमा सीमित भयो भने यूएईले समूह ‘बी’मा खाता पनि खोल्न सकेन ।

नेपाल र यूएईबीच अहिलेसम्म १४ वटा एकदिवसीय खेल भइसकेका छन् जसमध्ये नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved