असोज पहिलो साता क्यानको निर्वाचन

नेपालभ्युज

असोज पहिलो साता क्यानको निर्वाचन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी असोजमा हुने भएको छ ।

शुक्रबार बसेको बोर्ड बैठकले साउनमा जिल्ला, भदौमा प्रदेश र असोजमा केन्द्रतको चुनाव गर्ने निर्णय गरेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकले जिल्लाको निर्वाचन साउन मसान्तसम्म सक्ने र भदौ १० सम्म प्रदेशको निर्णय गर्ने निर्णय गरेको छ । संघको निर्वाचन भने असोज ५ र ६ गर्ते हुने भएको छ ।

बैठकले मुलपानी माथिल्लो मुलपानी मैदानको नामकरण गरेको छ । जसअनुसार क्यानका पूर्वअध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट जय कुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिने भएको छ ।

बैठकले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत गरेको छ ।

बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करण आयोजनाका लागि केन्द्रीय सदस्य पदमबहादुर खड्काको संयोजकत्वमा केन्द्रीय सदस्य कैलाश विष्ट र राखेप प्रतिनिधि सदस्य छुम्बी लामा गरी तीन सदस्यीय समितिलाई अध्ययन र सुझावको जिम्मेवारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved