फ्रान्स हिंसा: गोली चलाएका प्रहरीले मागे माफी, पक्राउ पर्नेको संख्या ६६७

नेपालभ्युज

फ्रान्स हिंसा: गोली चलाएका प्रहरीले मागे माफी, पक्राउ पर्नेको संख्या ६६७

काठमाडौं। फ्रान्समा १७ वर्षीय युवामाथि गोली प्रहार गरेका पुलिस अधिकारीले माफी मागेका छन्।

मङ्गलबार नाहेल एम नाम गरेका युवकलाई प्वाइन्ट–ब्लाङ्क रेन्जमा गोली प्रहार गरी हत्या गरेका पुलिस अधिकारीले माफी मागेका हुन्।

उनीमाथि स्वैच्छिक हत्याको मुद्दा चलाइएको छ। नहेलकी आमाले छोराको मृत्युको लागि केवल एक पुलिस अधिकारी जिम्मेवार भएको र पूरै पुलिस बलसँग गुनासो नभएको बताएकी थिइन्। बिहीबार हजारौँ मानिसले नहेलकी आमाले बोलाएको मार्चमा उपस्थित भएर शान्तिपूर्ण विरोध पनि जनाएका थिए।

सो घटनाविरुद्ध मानिसहरुले आक्रोशित प्रदर्शन गर्दै आएका छन्। फ्रान्सको विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन बढेको छ। पुलिसले फ्रान्समा हिंसात्मक प्रदर्शन गर्ने करिब ६६७ मानिसलाई पक्राउ गरेको छ।

बढ्दै गएको हिंसालाई नियन्त्रण गर्नको लागि सरकारले ४० हजार पुलिसलाई खटाएको थियो। घटना भएको तेस्रो रात पनि फ्रान्सको विभिन्न स्थानमा हिंसाको घटनाहरु भएका छन्।

साथै प्रदर्शनकारीले पसलहरु लुटपाट गर्ने गतिविधि पनि गरिरहेका छन्। पेरिसको लेस सपिङ सेन्टरमा नाइक जुत्ताको शोरुम तोडफोड गरी लुटपाट गरिएको भिडियो पनि बाहिरिएको छ।

नहेल अल्जेरियन र मोरक्कन मूलका भएकाले कतिले सो हत्यालाई जातीय तथा रङ् भेदभावको रुपमा पनि हेरिएको बीबीसीले जनाएको छ।

फ्रान्सको हिंसा नियन्त्रणको लागि ४० हजार पुलिस परिचालन गरिँदै, पक्राउ पर्नेको संख्या १८० पुग्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved