जहाज १८ घण्टा ढिला उड्दा एक जना मात्रै यात्रु,  क्रु मेम्बरसँग भयो ‘मस्ती’

नेपालभ्युज

जहाज १८ घण्टा ढिला उड्दा एक जना मात्रै यात्रु,  क्रु मेम्बरसँग भयो ‘मस्ती’

एजेन्सी। कल्पना गर्नुहोस् कि तपाईं समयमै एयरपोर्ट पुग्दा पनि तपाइँको उडान १८ घण्टासम्म ढिला भयो भने के गर्ने ?

प्राय यस्तो अवस्थामा मानिसहरु कि त टिकट रद्द गर्छन् वा घर फर्कन्छन् तर अमेरिकन एयरलाइन्सको उडानका लागि एक व्यक्तिले १८ घण्टासम्म एयरपोर्टमा पर्खेर उडेका छन् ।

यो उडान धेरै विशेष भयो, किनभने उनी उडानमा उड्ने एक मात्र व्यक्ति थिए। फिल स्ट्रिंगर नामका एक इन्स्टाग्राम प्रयोगकर्ताले एक भिडियो राखेर आफ्नो उडानको अनुभव शेयर गरेका छन्, जुन वास्तवमै अचम्मको छ।

भिडियोमा फिलले आफ्नो उडान १८ घण्टा ढिलो भएको र विमानमा चढ्न जाँदा आफू मात्र यात्रा गर्ने यात्रु भएको थाहा पाए । भिडियोमा फिल स्ट्रिङरसँगै फ्लाइटका चालक दलका सदस्यहरु पनि निकै रमाइलो गरिरहेको देख्न सकिन्छ ।

पोस्टको क्याप्सनमा उनले लेखेका छन्, ‘१८ घण्टा ढिलोले यो उडानलाई निजी उडान जस्तै बनायो । हेर्नुहोस्, कसरी अद्भुत चालक दल र मैले यसको पूर्ण फाइदा उठायौँ।’

दुई दिनमा स्ट्रिङगरको यो भिडियोमा करिब एक लाख लाइक आएका छन् र मानिसहरूले अचम्मको कमेन्ट पनि गरिरहेका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved