एजेन्सी । के तपाईंले सोंच्नुभएको छ ? जुन कोल्ड ड्रिंक्स पिउनुहुन्छ त्यो सरसफाईमा पनि काम लाग्छ । आज जानौं कोल्ड ड्रिंक्सको सहयोगले कसरी सिंकको सरसफाई गर्न सकिन्छ भन्नेबारे ।
सबैभन्दा पहिला भान्साको सिंकका सबै भाँडा हटाउनुहोस् । त्यसपछि फोहोर सफा गर्नुहोस् । यो कुराको ध्यान दिनुहोस् सिंकमा कुनै प्रकारको फोहोरको टुक्रा भएको हुनुहुँदैन ।
कतिपय मानिस भुँई सफा गर्न नुन पानीको प्रयोग गर्छन्, किनकी यसले ब्याक्टेरिया मार्नुका साथै चम्किलो पनि बनाउँछ । नुनसँग सरसफाई गर्ने धेरै प्रकारका तरिका छन्, जसलाई तपाईंले पनि प्रयोग गर्न सक्नुहुन्छ ।
के गर्ने
- सिंकमा नुन छरेर १० देखि १५ मिनेटका लागि छोड्नुहोस् ।
- त्यसपछि माथिबाट कोल्ड ड्रिंक्स राखेर फेरि ५ मिनेटका लागि छोड्नुहोस् ।
- तातो पानी तयार गर्नुहोस् र स्क्रबको सहयोगले सिंक सफा गर्नुहोस् ।
- तपाईंको फोहोर तथा पहेंलो भएको सिंक पहिलेभन्दा एकदमै धेरै सफा देखिनेछ ।
यसरी कोल्ड ड्रिंक्सको सहयोगले पनि सिंकलाई चम्किलो बनाउन सकिन्छ । कोल्ड ड्रिंक्समा सोडा बाइकार्बोनेटले गर्दा फिँज आउँछ र त्यसले प्रेसरसँग फोहोरलाई निकाल्ने काम गर्छ ।
नुन छर्ने तरिकामा बेकिंग सोडा र त्यसपछि कोल्ड ड्रिंक्सले भिजाउने र पहिलेकै विधिबाट सफा गर्दा पनि सिंक चम्किन्छ । बेकिंग सोडा राख्दा अलि धेरै मात्रामा राख्नुपर्छ । थोरै राख्दा सिंक चम्किलो नहुन पनि सक्छ ।
Facebook Comment
Comment