कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि अध्यादेश टेबल गर्ने

नेपालभ्युज

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि अध्यादेश टेबल गर्ने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभामा बजेट अध्यादेश टेबल गर्ने भएका छन् । बिहीबारको प्रदेशसभा बैठकमा नै अध्यादेश टेबल गर्ने कार्यसूची रहेको जनाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार अध्यादेश टेबल भएपछि मात्रै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ ।

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन एक सदस्यको अभाव छ । उनलाई यहाँ राप्रपाको समर्थन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved