साउदीमा गोली चल्दा नेपाली सुरक्षा गार्डसहित दुई जनाको ज्यान गयो 

नेपालभ्युज

साउदीमा गोली चल्दा नेपाली सुरक्षा गार्डसहित दुई जनाको ज्यान गयो 
जेद्दा सहरमा रहेको अमेरिकी वाणिज्य दुतावासको भवन ।

एजेन्सी। साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपालीसहित दुई जनाको ज्यान गएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार गोली लागेर घाइते भएका एकजना नेपाली सुरक्षा गार्डको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पनि गोली हानेर ह्त्या गरेको छ ।  साउदी राज्यको समाचार एजेन्सी एसपीएले मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जेद्दा गभर्नरेटमा रहेको अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै कारमा सवार एक व्यक्तिले कारबाट निस्केर गोली चलाएको जनाएको छ ।

सुरक्षा बलसँगको गोली हानाहानमा उक्त व्यक्तिको तत्कालै ज्यान गएको बताइएको छ। घटनाको समयमा वाणिज्य दूतावास ताला लगाइएको थियो । आक्रमणमा कुनै अमेरिकीहरूलाई हानी भएको छैन ।

साउदी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved