एजेन्सी । गर्मीमा सबैभन्दा समस्या चिल्लो छाला हुनेहरुका लागि हुन्छ । यस्ता व्यक्तिले केही चिजबाट दुरी बनाउनु पर्ने हुन्छ । यदि यसो नगरे चिल्लो छालामा धेरै नोक्सान पुग्न सक्छ ।
नौनी
चिल्लो छाला हुने व्यक्तिले अनुहारमा दुधको नौनी वा मलाई लगाउनबाट बच्नुपर्छ । यसले छाला झनै चिल्लो भएर अन्य नोक्सान हुन पनि सक्छ ।
तैलीय सामग्री
यदि तपाईंको छाला एकदमै चिल्लो छ भने गर्मीमा तेलको प्रयोग गरेर बनाइएका सौन्दर्य सामग्रीको प्रयोग नगर्नुहोस् । यसले अनुहारमा झनै समस्या उत्पन्न गर्न सक्छ ।
नरिवल तेल
चिल्लो छालामा नरिवलको तेल पनि लगाउन हुँदैन । यसले अनुहारमा डन्डीफोर तथा कालो दाग आउन सक्छ ।
बेसन
चिल्लो छालाका लागि बसेन लगाउनु पनि गलत हुन्छ । किनकी बेसनले त्यस्तो छाला पोल्ने खतरा हुन सक्छ ।
पेट्रोलियम जेली
यदि छालामा पटक पटक चिल्लो जम्मा हुन्छ भने पेट्रालियम जेलीसँग पनि बच्नुपर्छ ।
चामलको पिठो
विभिन्न घरेलु उपायअनुसार अनुहार चम्काउने तथा छालालाई सुन्दर बनाउन चामलको पिठो पनि प्रयोग हुन्छ । तर चिल्लो छालाका लागि छालामा चामलको पिठो लगाउनु पनि गलत हुन सक्छ । किनकी यसले र्यासेजहरु आउने खतरा हुन्छ ।
मेकअप
चिल्लो छालामा धेरै मेकअप सामग्री पनि प्रयोग गर्नु हुँदैन । अत्यधिक मेकअप गर्नाले छालासँग जोडिएका धेरै समस्या हुन सक्छन् ।
Facebook Comment
Comment