काठमाडौं । ठगी गरेको अभियोगमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतमा पक्राउ गरेर नेपाल ल्याएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले काफ्लेलाई भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याएको हो । उनले विभिन्न व्यक्तिबाट कम्तिमा २ करोड ६९ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।
नेता, प्रहरीका उच्च अधिकृत लगायतसँग खिँचाएका तस्वीर देखाएर काफ्लेले रकम असुली गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । दर्जनौं पीडितले उजुरी हालेपछि प्रहरीले काफ्लेको खोजी सुरु गरेको थियो ।
उनीविरुद्ध उजुरी आउने क्रम जारी नै रहेकाले अझ धेरै रकम ठगेको हुनसक्ने प्रहरीको अनुमान छ । भारतका विभिन्न ठाउँमा लुक्दै बसेका काफ्लेलाई सीआइबीको टोलीले अन्तिममा हरिद्वारमा फेला पारेको थियो ।
Facebook Comment
Comment