ललिता निवास प्रकरण : मीनबहादुरसहित ५ जना पक्राउ

पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम  छन्।

नेपालभ्युज

ललिता निवास प्रकरण : मीनबहादुरसहित ५ जना पक्राउ

काठमाडौं। भाटभटेनी  सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेको ललिता निवास प्रकरणमा थप चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम  छन्। भाटभटेनीका संचालक गुरुङ यसअघि नै पक्राउ परेका थिए ।

यस प्रकरणमा सरकारी कागज किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउन संलग्न रहेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।

२०४९ सालदेखि २०६६ सम्म उनीहरूले मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए। राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको थियो ।

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved