लक्जेम्बर्ग। युरोपेली संघ काउन्सिलले ईयू विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
लक्जेम्बर्गमा भएको बैठकपछि ईयूका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै, ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ -काउन्सिलले आज युरोपेली शान्ति सुविधाको समग्र वित्तीय सीमा सन् २०२३ मार्च २० बाट लागू हुनेगरी अघिल्लो सम्झौताको आधारमा सो थप रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
यो कार्य वित्तीय दिगोपन, सुरक्षित र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न र यसको विश्वव्यापी भौगोलिक दायरा र सङ्कट र द्वन्द्वहरूलाई रोक्न र त्यसका लागि शीघ्र प्रतिक्रिया गर्ने ईयूको क्षमतालाई जोगाउनको लागि हो,’ विज्ञप्तिमा भनिएको छ।
Facebook Comment
Comment