साफ च्याम्पियनसिप : सान्त्वना जितको खोजीमा नेपाल र पाकिस्तान

नेपालभ्युज

साफ च्याम्पियनसिप : सान्त्वना जितको खोजीमा नेपाल र पाकिस्तान
फाइल फोटो

काठमाडौं।  साफ च्याम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल र पाकिस्तान आमने सामने हुँदैछन् ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मङ्गलबार दिउँसो पौने ४ बजे नेपाल र पाकिस्तानको खेल सुरु हुनेछ ।

प्रतियोगिताबाट बाहिरिइसकेका दुवै टोली सान्त्वना जितको खोजीमा छन्। पछिल्लो दुवै खेलमा पराजित भएको अंकविहीन नेपाल समूह ‘ए’ को तेस्रो स्थानमा छ। अंकविहीन पाकिस्तान भने पुछारमा छ।

विगतमा नेपाल र पाकिस्तानबीच कुल १७ खेल भएका छन्। जसमध्ये दुवै टोलीले ७-७ खेल जितेका छन् । ५ खेल भने बराबरीमा सकिएका थिए ।

समूह ‘ए’ बाट कुवेत र भारतले सेमिफाइनलमा स्थान पक्का गरिरसकेका छन्। समूह ‘ए’ को विजेताको छिनोफानोको लागि भारत र कुवेतबीच मंगलबार नै प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved