भोटेबहालमा इनारमा डुबेर दुई युवाको ज्यान गयो

नेपालभ्युज

भोटेबहालमा इनारमा डुबेर दुई युवाको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । भोटेबहालमा इनारमा खसेका युवालाई बचाउन गएका अर्का युवकको पनि मृत्यु भएको हो ।

झापा स्थायी घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज विहान ८ बजेतिर पानी तान्ने मोटर निकाल्न इनारमा पसेका दिपेन ननिस्किएपछि उनलाई बचाउन भन्दै जितेश पनि पसेका थिए । दुवैको शव निकालिएको प्रहरीले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved