ओबामालाई यस्तो जवाफ दिइन् भारतीय वित्तमन्त्री सीतारमणले

नेपालभ्युज

ओबामालाई यस्तो जवाफ दिइन् भारतीय वित्तमन्त्री सीतारमणले

एजेन्सी। भारतकी  केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री मोदीको बचाउ गर्दै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई निशाना बनाएकी छिन् ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले एक अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीलाई भारतका मुस्लिमहरूको अवस्थाबारे प्रश्न सोध्दा उनले अवस्था निकै नाजुक रहेको बताएका थिए ।

ओबामाले भारतमा मानव अधिकारको अवस्था पनि निकै नाजुक रहेको बताएका थिए । ओबामालाई जवाफ दिँदै सीतारमणले भनेकी छिन्, ‘एक पूर्व राष्ट्रपति जसको शासनकालमा ६ वटा मुस्लिम बहुल देशहरूमा २६ हजार भन्दा बढी बम खसालेको थियो त्यही देशका पूर्व राष्ट्रपतिले प्रश्न उठाउँदैछन् । उनको आरोपलाई कसैले कसरी पत्याउने ?’

सञ्चारमाध्यमसँग कुरा गर्दै अर्थमन्त्रीले प्रधानमन्त्रीले नै अमेरिकामा पत्रकार सम्मेलन गरेर आफ्नो सरकारले ‘सबका साथ, सबका विकास’को सिद्धान्तमा काम गर्ने र कुनै पनि समुदायलाई भेदभाव नगर्ने बताएको उल्लेख गरिन् ।

उनले थपिन, ‘तथ्य यो हो कि मानिसहरू अनावश्यक रूपमा त्यस्ता बहसहरूमा संलग्न हुन्छन् र एक प्रकारले अनावश्यक मुद्दाहरूलाई हाइलाइट गर्छन्। प्रधानमन्त्री मोदीलाई १३ देशले सम्मान गरेका छन्, जसमध्ये ६ देश मुस्लिम बाहुल्य छन्।’

प्रतिपक्षलाई निशाना बनाएर पनि उनले धेरै आरोप लगाएकी छिन् । कांग्रेससहितका विपक्षी दलले एक्लै प्रधानमन्त्री मोदी र भाजपासँग प्रतिष्पर्धा गर्न नसकेकै कारण अनेक आरोप लगाइरहेको सीतारमणको जिकिर छ ।

उनले भनिन्, ‘देशमा एकताको कुरा चलिरहेको बेला उनीहरु कुन उद्देश्यका लागि एकजुट हुँदैछन् लाई थाहा छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved