एजेन्सी । गर्मीमा डिहाइड्रेशन तथा पेटमा हुने समस्याले गर्दा स्वास्थ्यमा नराम्रो असर पर्छ । जसबाट आराम पाउनका लागि सोडा पानी पिउनु फाइदाजनक हुन्छ ।
गर्मीमा खाना राम्रो तरिकाले नपच्दा कब्जियतको समस्या हुन्छ । यस्तो समस्याबाट छुट्कारा पाउनका लागि पनि सोडा पानी फाइदाजनक हुन्छ ।
गर्मी मौसममा प्राय हाम्रो शरीरमा पानी कमी हुने गर्दछ । डिहाइड्रेशनको समस्याले गर्दा आलस्यता तथा रिगंटा लाग्ने जस्ता समस्याहरु हुन थाल्छन् । यस्तो समस्यामा पनि सोडा पानी पिउनु लाभदायक हुन्छ ।
शरीरमा जम्मा भएको विषाक्त पदार्थ गर्मी समयमा अन्य समस्याको कारण पनि बन्न सक्छ । यो समस्याबाट छुट्कारा पाउनका लागि पनि सोडा पानीमा कागती राखेर पिउनु फाइदाजनक हुन सक्छ ।
त्यसैले मोटोपन कम गर्नका लागि पनि सोडा पानी एकदमै फाइदाजनक हुन्छ । किनकी यसमा एकदमै थोरै मात्रामा क्यालोरी हुन्छ जसले गर्दा तपाईंमा अतिरिक्त बोसो बन्दैन ।
त्यस्तै सोडा पानीले यात्राको क्रममा हुने वाकवाकी जस्तो समस्यामा पनि काम गर्छ । यात्राको क्रममा तपाईं सोडा पानी पिउन सक्नुहुन्छ जसले गर्दा तपाईंको यात्रा पनि सहज हुनेछ ।
Facebook Comment
Comment