मन्डुकासन गर्दा पाइन्छ यस्ता फाइदा

नेपालभ्युज

मन्डुकासन गर्दा पाइन्छ यस्ता फाइदा

एजेन्सी । योगको नियमित अभ्यासले शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यलाई पनि राम्रो फाइदाहरु पुग्छन् ।

आज हामी कुरा गर्दैछौं मन्डुकासनका बारेमा । मन्डुकासनलाई अंग्रेजीमा ‘फ्रग पोज’ पनि भनिन्छ । यस आसनलाई गर्ने समयमा भ्यागुता जस्ता जस्तो मुद्रा बनाइन्छ ।

मन्डुकासनले पेटको मांसपेशीहरुलाई बलियो बनाउनका साथै पाचन सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । यो आसन तौल कम गर्न पनि सहयोगी हुन्छ । आज हामी यस लेखमा तपाईंलाई मन्डुकासनका फाइदा र यसलाई गर्ने तरिकाका बारेमा बताउन गइरहेका छौं ।
मन्डुकासन गर्ने विधि

– मन्डुकासन गर्नका लागि सबैभन्दा पहिला जमिनमा बज्रासनमा बस्नुहोस् ।

– त्यसपछि आफ्नो हातलाई मुट्ठीमा बन्द गर्नुहोस् । यस दौरान तपाईंको औंला मुट्ठी भित्र हुनु पर्दछ ।

– अब दुबै मुट्ठीलाई नाइटोको बीचमा राख्नुहोस् र लामो गहिरो स्वास लिनुहोस् ।

-अब स्वास छोड्ने समयमा अगाडि पट्टी झुक्नुहोस् र पेटलाई भित्र खिच्नुहोस् ।

– यस दौरान सुनिश्चित गर्नुहोस् कि तपाईंको छातीले खुट्टामा छोएको होस् ।

– एकैछिन यही स्थितिमा रहनुहोस् र आफ्नो प्रारम्भिक अवस्थामा फिर्ता आउनुहोस् ।

– यस प्रक्रियालाई ४–५ पटक दोहो¥याउनुहोस् ।

मन्डुकासन गर्नुका फाइदा

– मन्डुकासन गर्दा पेटका मांसपेशिहरु कसिलो हुन्छन् र पेटको बोसो पनि कम गर्न सहयोग पुग्छ ।

– मन्डुकासनको नियमित अभ्यास गर्दा पेटमा ग्यास, कब्जियत र अपच जस्ता पाचन सम्बन्धी समस्याहरुबाट निजात पाउन सकिन्छ । दैनिक बिहान यस आसनलाई गर्दा पेट सफा हुन्छ ।

-मन्डुकासन मधुमेहका रोगीहरुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसको नियमित अभ्यासले शरीरमा इन्सुलिन उत्पादन सही ढंगले हुन्छ र रगतमा चिनीको मात्रा नियन्त्रित रहन्छ ।

– मन्डुकासनले मृगौला र कलेजोको काममा सुधार ल्याउन पनि राम्रो काम गर्छ । यसले मृगौला र कलेजो सम्बन्धी विमारीहरुको जोखिम कम हुन्छ ।

-यस आसनले घुँडाहरुलाई लचिलो बनाई यसमा हुने समस्यालाई पनि रोक्छ । यसले घुँडाहरु पनि बलियो हुन्छन् ।

– नियमित रुपमा मन्डुकासन गर्नाले महिलाहरुको महिनावारीको दुखाई तथा ऐंठनको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved