लगानी र व्यापार प्रवर्द्धनका लागि चीन जान लागेको हुँ: गृहमन्त्री

नेपालभ्युज

लगानी र व्यापार प्रवर्द्धनका लागि चीन जान लागेको हुँ: गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनमा केन्द्रित हुने बताएका छन् ।

आइतबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चीनको सिचुआन प्रान्तस्थित छिन्दुमा आयोजना हुने ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी एक्स्पोमा विशेष अतिथिको रुपमा आफू जान लागेको बताउनले जानकारी दिए ।

उनले छिन्दु नेपालबाट चीन प्रवेश गर्ने नाका भएकाले पनि आफू सो कार्यक्रममा सहभागी हुनुले आर्थिक समृद्धिको एजेण्डालाई केही राहत मिल्ने र लगानी भित्र्याउन सकिने आश रहेको बताए ।

मन्त्री श्रेष्ठ आगामी मंगलबारबाट शुक्रबारसम्मका लागि चीन भ्रमणमा जाँदै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved