सुर्खेत। सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले आइतबार १३औँ नगरसभामार्फत आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको छ ।
चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालू आर्थिक वर्ष जुन चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्बभन्दा धेरै हो।
आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले बताए।
‘नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ ।’ उनले भने,‘बजेट विशेषगरि वीरेन्द्रनगरको वर्तमान आवाश्यकता, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकता राखेर आएको छ। ‘शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मूल नाराका साथ नगरपालिकाले सोहीको आधारमा रहेर बजेट ल्याएको छ ।’
Facebook Comment
Comment