काठमाडौं। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबारको १३औं नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर चित्रसेन अधिकारीले आगामी वर्ष आन्तरिक आय एक अर्ब ७५ करोड हुने अनुमान गरेका छन् ।
महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँट, जनसहभागिता र सडक बोर्ड नेपालबाट आउने अनुमानित रकमका आधारमा बजेट प्रस्तुत गरेको छ ।
महानगरले बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको छ । उक्त रंगशालाको काम पूरा गर्नका लागि महानगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै, महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरू समयमै सम्पन्न गर्नको लागि १ अर्ज ६५ करोड रुपैयाँ विनियोजन गरेको छ।
Facebook Comment
Comment