साफ च्याम्पियनसिपमा कुवेत विजयी

नेपालभ्युज

साफ च्याम्पियनसिपमा कुवेत विजयी

काठमाडौं । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा शनिबार भएको खेलमा कुवेतले पाकिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

कुवेतको जीतमा मुबारक फानिनीले दुई गोल र सुल्तान इनिजी र इद राशिदीले समान एक/एक गोल गरे । खेलको १०औँँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७औँ मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गरे भने ९औँ मिनेटमा राशिदीले गोल गरेका थिए ।

जीतसँगै समूह ‘ए’ मा रहेको कुवेतले दुई खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले नेपाललाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । पाकिस्तान भारतसँग पराजित भएको थियो । साफ च्याम्पियनसिपको अर्को खेलमा अहिले नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन् । जसमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved