धनगढी। कैलालीमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० घुम्ती घुम्तिभाकलमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ख ९०९ नम्बरको बस र विपरीत दिशातर्फ अर्थात पुर्वबाट पश्चिम तर्फ आइरहेको सुप ०१००१ ख २७५९ नम्बरको मदिराको लोड गरिएको ट्रक एक-आपसमा ठोक्किएका हुन्।

बस र ट्रकका चालक, सहचालक तथा यात्रु गरी १८ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रकचालक गम्भीर घाइते भएकाले उनलाई नेपालगञ्ज रेफर गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले आपसमा ठोक्किँदा बस र ट्रकमा सवार मानिसहरू घाइते भई उपचारको लागि घोडाघोडी अस्पताल सुखडमा पठाइएको बताए।
ट्रक रोडमा पल्टिन गएकोले बाटो अवरोध भई खुलाउने पहल भइरहेको छ। बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनाबारे इलाका प्रहरी कार्यालयको १० जनाको प्रहरी टोली घटना स्थलमा खटिएको छ । दुर्घटनाको कारण बारेमा विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment
Comment