धेरै रोटी खानुहुन्छ ? हुनसक्छ साइड इफेक्ट

नेपालभ्युज

धेरै रोटी खानुहुन्छ ? हुनसक्छ साइड इफेक्ट

एजेन्सी । रोटीलाई दक्षिण एशियाका धेरै हिस्सामा मुख्य भोजनका रुपमा पनि खाने गरिन्छ । यसलाई गहुँको पिठोबाट बनाइन्छ, जो स्वास्थ्यका लागि  फाइदाजनक मानिन्छ । गहुँको पिठोबाट बनाइएको रोटीलाई सामान्य रुपमा सन्तुलित भोजनको हिस्साको रुपमा खानपानमा समावेश गरिन्छ ।

तर कुनै पनि चिजको एउटा सिमा हुन्छ, आवश्यक भन्दा धेरै खायो भने त्यसले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । आज हामी यहाँ धेरै मात्रामा रोटी खाँदा हुन सक्ने नोक्सानीका बारेमा जान्ने प्रयास गर्नेछौं ।

१. तीव्र गतिमा तौल बढ्नु

गहुँको पिठोको रोटी कार्बोहाइड्रेटको एउटा राम्रो स्रोत हो, जसले शरीरलाई ऊर्जा दिने काम गर्छ । यदी तपाईं शारीरिक गतिविधि नगरी रोटीको सेवन गर्नुहुन्छ भने त्यसले तपाईको तौल तीव्र गतिमा बढ्न सक्छ । किनकी यसमा धेरै क्यालोरी हुने भएकाले यदी तपाईंले शारीरिक क्रियाकलाप नगरी रोटी धेरै सेवन गर्दा समस्या हुन सक्छ ।

२. पाचन सम्बन्धी समस्या

धेरै रोटीको सेवनले पाचन सम्बन्धी समस्या जस्तै पेट सुन्निने, ग्यास तथा अपच हुन सक्छ । यस्तो किन हुन्छ भने गहुँको पिठोमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, जसले तपाईंको पाचन प्रक्रियामा समस्या ल्याउन सक्छ । यदी तपाईंको पाचन प्रक्रिया कमजोर छ भने झनै समस्या आउन सक्छ

३. ब्लड सुगरमा उतारचढाव

गहुँको पिठोको रोटीमा कार्बोहाइड्रेट अत्यधिक मात्रामा पाइन्छ, जो पाचन प्रक्रियाको बेला ग्लुकोजमा परिणत हुन्छ । अत्यधिक मात्रामा रोटी खाँदा ब्लड सुगरको मात्रा तीव्र गतिमा बढ्न थाल्छ, खासगरी यदी तपाईंलाई मधुमेहको समस्या छ । धेरै रोटीको सेवनले रगतमा चिनीको मात्रा तलमाथि हुन सक्छ त्यसैले सिमित मात्रामा खानुपर्दछ ।

४. पोषक तत्वमा असन्तुलन

कतिपयलाई रोटी एकदमै मन पर्ने भएकाले नास्ता तथा खाना हरेक समय रोटीको सेवन गर्ने गर्छन् । जो स्वास्थ्यका लागि फाइदाजनक नहुन पनि सक्छ । दैनिक रुपमा एउटै खालको खानपानले शरीरमा चाहिने सबैखाले पोषक तत्वहरुको कमी हुन सक्छ । शरीरमा पोषक तत्वहरुको कमी हुन नदिनका लागि स्वस्थकर खानपान तथा फरक फरक खालको खानपान खानुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved