एजेन्सी । मेथी स्वास्थ्यका लागि धेरैप्रकारले लाभदायक हुन्छ । तर गर्भावस्थाका बेला यसको सेवन गर्नु कैयौंपटक नोक्सानदायक पनि हुन सक्छ ।
यसले एलर्जी तथा पेटसँग जोडिएका समस्याहरु हुन सक्छन् । आउनुहोस् जानौं गर्भावस्थाको बेला मेथी खाँदा हुने नोक्सानका बारेमा ।
गर्भावस्थाको बेला मेथीको दाना सेवन गर्नाले कतिपय अवस्थामा एलर्जी हुन सक्छ । यस्तोमा छालामा पत्र बन्ने तथा फेरि घाउहरु निस्कने जस्तो समस्याको सामना गर्नुपर्ने हुन सक्छ । मेथी पेटका लागि फाइदाजनक हुन्छ तर गर्भावस्थाको बेला यसलाई खानाले पेट फुल्ने, कब्जियत बन्ने तथा फेरि पेट फुल्ने जस्ता समस्या पनि हुन सक्छन् ।
गर्भावस्थाको बेला मेथीको दाना सेवन गर्नाले वान्ता हुने तथा वाकवाकी हुने जस्तो समस्या देखिन सक्छ । यदी तपाईंलाई पहिलेदेखि नै यस्तो समस्या छ भने मेथीको दानाको सेवन गर्नबाट बच्नुहोस् ।
त्यसैगरी कैयौपटक गर्भावस्थाको बेला मेथीको सेवन गरेमा पिसाब सम्बन्धी समस्या पनि हुन सक्छ । यदी तपाईंले यसको धेरै नै सेवन गर्नु हुन्छ भने पिसाबबाट दुर्गन्ध आउने जस्तो समस्या देखिन सक्छ ।
त्यस्तै गर्भावस्थामा मेथी खाँदा कैयौं पटक यूरिन तथा बे्रस्टबाट पनि दुर्गन्ध आउने हुन सक्छ । जसले पछि गएर शिशुलाई पनि यसको प्रभाव पर्न सक्छ । त्यसैले चिकित्सक सल्लाह बिना गर्भावस्थामा मेथीको सेवन नर्गनुहोस् ।
Facebook Comment
Comment