भारतीय फिल्मलाई रोक लगाउने बालेनको निर्णयविरुद्धको मुद्दा न्यायाधीश चन्दको एकल इजलासमा

नेपालभ्युज

भारतीय फिल्मलाई रोक लगाउने बालेनको निर्णयविरुद्धको मुद्दा न्यायाधीश चन्दको एकल इजलासमा

काठमाडौं। भारतीय फिल्मलाई रोक लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ ।

चलचित्र संघको तर्फबाट प्रितम घिमिरेले काठमाडौं महानगरविरुद्ध बिहीबार उच्च अदालत पाटनमा निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए ।

चलचित्र संघको तर्फबाटका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो मुद्दामा मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो । आजै आदेश आउन सक्ने सम्भावना रहेको उनको अनुमान छ ।

मेयर शाहको निर्देशनमा सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved