हवाई इन्धनको मूल्य घटेसँगै भाडा घट्यो, कहाँ जान कति ? (सूचीसहित)

नेपालभ्युज

हवाई इन्धनको मूल्य घटेसँगै भाडा घट्यो, कहाँ जान कति ? (सूचीसहित)

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा  घटेको छ । नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्य घटाएसँगै  बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ  ।

निगमले हवाई इन्धनको मूल्य ६.३ प्रतिशतले घटाएपछि काठमाडौंबाट  सिमरा जान ९० रुपैयाँ र  काठमाडौंबाट  धनगढी जानको लागी लाग्ने भाडामा ४४५ रुपैयाँसम्म घटेको प्राधिकरणले जनाएको  छ ।

यस्तै  नयाँ भाडा दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४०, भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १२५, पोखरामा १६०, नेपालगन्जमा ३२५, भैरहवामा २१० रुपैयाँ भाडा कम लाग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved