विश्वकप क्वालिफायर : अमेरिकाविरुद्ध नेपालको कसिलो बलिङ, करणले लिए ४ विकेट

नेपालभ्युज

विश्वकप क्वालिफायर : अमेरिकाविरुद्ध नेपालको कसिलो बलिङ, करणले लिए ४ विकेट

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा अमेरिकाविरुद्ध नेपालले कसिलो बलिङको गरेको छ। करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका छन् ।

हरारेस्थित टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले १० ओभरको समाप्तिमा १९ रन खर्चेर ४ विकेट लिन सफल भएको छ। सबै ४ विकेट करणले लिएका हुन् ।

उनले १.५ र १.६ ओभरमा लगातार २ विकेट लिए। ७.५ ओभरमा करणले नेपालको लागि तेस्रो र ९.२ ओभरमा चौथो विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved