विश्वकप क्वालिफायर : अमेरिकाविरुद्ध नेपालले बलिङ गर्दै

नेपालभ्युज

विश्वकप क्वालिफायर : अमेरिकाविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

जिम्बाब्वेस्थित टाकाशिङ्गा स्पोर्ट्स क्लबमा केहीबेरमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।

आज सोमपाल कामी खेल्न नसक्ने कप्तान रोहित पौडेलले टसका क्रममा जानकारी दिएका छन् । सोमपाल आइतबार जिम्बावेसँगको खेलमा घाइते भएका थिए ।

पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो। नेपाल पहिलो जितको खोजिमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved