सोमपाल कामीले अमेरिकासँगको खेल गुमाउने

नेपालभ्युज

सोमपाल कामीले अमेरिकासँगको खेल गुमाउने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले  आज मंगलबार अमेरिकासँग खेल्दैछ ।

तर अमेरिकासँगको खेलमा नेपालको बलिङ खम्बा भनेर चिनिने सोमपाल कामी भने नखेल्ने भएका छन् । आइतबार जिम्बावेसँगको खेलका क्रममा घाइते भएपछि सोमपालले आज अमेरिकासँगको खेल गुमाउने भएका हुन् ।

३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लागेको थियो। सोमपालले मैदान छाडेपछि फिल्डिङमा ज्ञानेन्द्र मल्ल पुगेका थिए ।

उनी नहुँदा बलिङमात्रै होईन नेपालको तल्लोक्रम ब्याटिङ कमजोर हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved