धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

नेपालभ्युज

धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

काठमाडौं। नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ रोक्ने निर्णय गरेको छ। फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको भन्दै बोर्डले सोमबार यस्तो निर्णय गरेको हो ।

आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

सिमेन्ट कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेपछि पनि म्याद थपका लागि अनुरोध भएको र यसबारे स्पष्टीकरण माग गर्दा प्राप्त नभएको बोर्डले जनाएको छ ।

बोर्डले सर्वसाधारण लगानीकर्ताको सुरक्षा र हितलाई मध्यनजर राख्दै रेटिङ र सार्वजनिक निष्कासन सम्बन्धी कैफियत जाँचबुझका लागि सार्वजनिक निष्कासन प्रक्रिया स्थगित गरिएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved