समाजवादी मोर्चाका सन्दर्भमा केही असन्तुष्टि छन् : झलनाथ खनाल (अन्तर्वार्ता)

समाजवादी मोर्चाका सन्दर्भमा केही असन्तुष्टि छन् : झलनाथ खनाल (अन्तर्वार्ता)

काठमाडौं । सोमबार (आज) अपराह्न ४ बजे राष्ट्रि सभागृहमा समाजवादी मोर्चा घोषणा हुँदैछ । जहाँ सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी हुँदैछन् ।

तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने मोर्चा बहिष्कार गरेका छन् । उनले मोर्चा घोषणा कार्यक्रममा नजाने बताइसकेका छन् । उनले प्रधान शत्रु, प्रधान नीति-कार्यक्रम र प्रशस्तै छलफलबिना मोर्चा घोषणा हुन नहुने अडान राख्दै आएका थिए । तर, तत्कालै घोषणा हुने भएपछि उनले बहिष्कार गरेका हुन् ।

त्यसो त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने तत्कालै मोर्चा बन्नुलाई उपलब्धिका रूपमा बुझेका छन् । उनले यो कदमलाई सकारात्मक भनेका छन् । यही सन्दर्भमा नेपालभ्यूजले खनालसँग संक्षिप्त कुराकानी गरेको छ । हेरौँ ।

समाजवादी मोर्चा बहिष्कार गर्नुभएको हो ?

त्यस्तो होइन… ।

तर, तपाईं त घोषणा सभामा नजाने भन्ने कुरा आएको छ, के यो सत्य हो ?

आज म अलिक व्यस्तै छु, त्यसैले त्यहाँ जान्नँ, जान भ्याउँदिनँ ।

तपाईंले व्यस्तता भन्नुभयो, त्यसबाहेक अरु विषयमा पनि तपाईंको असन्तुष्टि हो कि समाजवादी मोर्चासँग ?

यस विषयमा मिहिन ढङ्गबाट कुराकानी गर्नुपर्छ । अहिलेलाई म धेरै बोल्दिनँ पनि । यत्ति भनिराख्छु— केही विषयहरू छन् । त्यसमा तपाईंसँग पछि नै कुरा गरौँला नि । अहिले यसबारे धेरै नबोलौँ ।

के कारण तपाईंको असन्तुष्टि ? केही बताइदिनुस् न ।

अहिले व्यस्त छु, पछि कुरा गरौँला ।

तपाईंको अध्यक्ष त यसमा सकारात्मक हुनुहुन्छ, उहाँले त ‘इनिसिएसन’ नै लिनुभएको छ त ?

त्यो उहाँको कुरा हो । मैले यसमा के भन्ने र ?

उहाँले तपाईंसँग सल्लाह गर्नुभएन र ?

केही छलफल भयो, तर निष्कर्ष निस्कन बाँकी नै थियो ।

भनेपछि तपाईं पक्का घोषणा सभामा जानुहुन्न होइन त ?

अँ जान्नँ, जान्नँ ।

झलनाथले गरे समाजवादी मोर्चा बहिष्कार, घोषणा सभामा नजाने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved