एजेन्सी । उमेर बढेसँगै अनुहारको प्राकृतिक चमक पनि कम हुँदै जान्छ । यस्तो उमेरमा अनुहारमा प्राकृतिक चमक ल्याउन अलिकति मेहनत गर्नुपर्ने हुन्छ । त्यसैले आज हामी ४० वर्ष उमेर कटेपछि पनि अनुहारमा प्राकृतिक चमक ल्याउने उपाय बारे बताउनेछौं ।
४० वर्ष पुगेका मानिसले आफ्नो अनुहारमा चमक ल्याउन दुधको क्रिम लगाउन सक्छन् । दुधमा ब्लीचिंग प्रापटीज पाइन्छ जसले अनुहारमा प्राकृतिक निखार ल्याउँछ ।
त्यस्तै केरालाई पनि लगाउन सकिन्छ । यसका लागि केरालाई मिचेर पेस्ट तयार गर्ने र एक चम्चा दालचिनीको पाउडर मिसाएर पेस्ट बनाउने । यसलाई अनुहारमा २५ मिनेट लगाएर राख्ने र अनुहारलाई राम्रोसँग सफा गर्ने गर्दा अनुहारमा प्राकृतिक चमक आउँछ ।
अनुहारमा प्राकृतिक चमक ल्याउनका लागि बदामको तेल पनि प्रयोग गर्न सकिन्छ । भिटामिन ईले भरपूर यो तेल छालाका लागि एकदमै फाइदाजनक हुन्छ ।
त्यस्तै ज्यास्मिनको तेल र ल्यावेन्डरको तेल पनि अनुहारका लागि एकदमै राम्रो मानिन्छ । यी दुवै तेललाई मिसाएर लगाउँदा छालामा प्राकृतिक रुपमा मोइस्चराइज हुन्छ । यसले चाउरीपनामा पनि कमी आउँछ । अनुहार एकदमै जवान देखिन्छ ।
त्यस्तै अमलाको तेल कपालसँगै अनुहारका लागि पनि एकदमै राम्रो मानिन्छ । अमलामा एन्टीएजिंग गुण भरपूर मात्रामा पाइन्छ । जसले गर्दा तपाईंलाई यसले जवान देखाउन सहयोग गर्दछ । नियमित रुपमा यस तेलले छालालाई मसाज गर्न सकिन्छ ।
Facebook Comment
Comment