सिंगापुरमा के गर्दैछन् देउवा र पत्नी आरजु ? उपचार कि बहाना मात्र ?

फलोअप उपचारका लागि भन्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा छन्। श्रीमती आरजु राणासहित बुधबार राति सिंगापुर गएका देउवा त्यहाँको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराउने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।

नेपालभ्युज

सिंगापुरमा के गर्दैछन् देउवा र पत्नी आरजु ? उपचार कि बहाना मात्र ?

काठमाडौं। फलोअप उपचारका लागि भन्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा छन्। श्रीमती आरजु राणासहित बुधबार राति सिंगापुर गएका देउवा त्यहाँको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराउने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।

देउवाको सचिवालयले उनको पेटमा पनि समस्या रहेको र सिङ्गापुरमा त्यसको जाँच गरिने जनाएको छ। यसअघिकै उपचारको फलोअप भएका कारण जानुपर्ने बाध्यता भएको दाबी गरेको छ।

देउवा लामो समयदेखि उपचारका लागि सिङ्गापुर जाने गरेका थिए। यसअघि विसं २०७३ र २०७५ सालमा सिङ्गापुर गएका उनले त्यति बेला पेटको जाँच गराएको बताएका थिए।

“उहाँ नियमित उपचारमा जान थालेको १२–१५ वर्ष भयो। अहिले पनि फलोअपका लागि जानुभएको हो,” देउवा प्रधानमन्त्री हुँदा प्रेस विज्ञ रहेका गोविन्द परियारले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved