एजेन्सी । गर्भवती महिलाको शरीरमा रगतको कमी हुँदा बच्चाको स्वास्थ्यमा पनि नराम्रो असर पर्न सकछ । त्यसैले रगतको कमी हुन नदिन केही खानेकुराहरु खान सकिन्छ । जसलाई यहाँ जानौं ।
अनारको जुस
गर्भवती महिलालाई एनीमियाको समस्या प्राय शरीरमा हेमोग्लोबिनको कमीले हुन्छ । हेमोग्लोबिनको स्तर बढाउनका लागि अनारको जुसको सेवन एदकमै फाइदाजनक हुन्छ ।
अंगुरको जुस
गर्भवती महिलामा रगतको कमी हुँदा अंगुरको सेवन गर्न सकिन्छ । अंगुरमा आइरन र भिटामिन सी भरपूर मात्रामा पाइन्छ जसले शरीरमा हेमोग्लोबिनलाई बढाउने काम गर्छ ।
अम्बा
गर्भवती महिलाले गर्भावस्थाको कुनै पनि समयमा खान मिल्ने फल अम्बा पनि एकदमै फाइदाजनक हुन्छ । यसमा आइरन र भिटामिन सी पाइन्छ जसले शरीरमा रक्त कोषिकाहरु बढाउन सहयोग गर्दछ ।
स्याउको जुस
गर्भावस्थाको बेला स्याउको जुस पिउनु पनि एकदमै राम्रो उपाय हो । यसमा कैयौं त्यस्ता भिटामिन तथा मिनरल्सहरु पाइन्छन् जो शरीरमा चाहिने रगतको मात्रालाइृ बढाउन सहयोगी हुन्छन् ।
हरियो तरकारी
हरियो तरकारीको सेवन एकदमै उत्तम हुन्छ । किनकी हरियो तरकारीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्दछ । जसले गर्दा शरीरमा रगत बढ्न थाल्छ ।
चुकन्दरको जुस
गर्भवती महिलामा हेमोग्लोबिनको कमी भएको खण्डमा चुकन्दरको जुस पिउनु एकदमै लाभदायक हुन्छ । यसले हेमोग्लोबिनको मात्रा बढ्छ जसले गर्दा शरीरमा रगतको कमी हुन पाउँदैन ।
ब्रोकाउली जुस
ब्रोकाउलीमा पाइने आइरन तथा भिटामिन सी ले हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्दछ । गर्भावस्थामा रगतको कमी हुँदा ब्रोकाउलीको जुस पिउनु एकदमै फाइदाजनक हुन्छ ।
Facebook Comment
Comment