काठमाडौं । नेपालको सेन्सर बोर्डले दक्षिण भारतीय पुरुष ‘आदिपुरुष’ लाई प्रदर्शन अनुमति दिएको छ।
शुक्रबारदेखि राजधानीका हलहरुमा लाग्ने भनिएको उक्त सिनेमाले बिहीबार बेलुकी मात्रै प्रदर्शन अनुमति पाएको हो।
फिल्ममा प्रयुक्त संवाद ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यांश हटाएपछिमात्रै ‘आदिपुरुष’ लाई प्रदर्शन अनुमति दिइएको हो ।
यसअघि काठमाडौँ महानगरका प्रमुख बालेन शाहले उक्त फिल्मको विवादास्पद संवाद परिवर्तन नगरे काठमाडौँमा प्रदर्शन गर्न नदिने घोषणा गरिसकेका छन् ।
उनको अडानबमोजिम नेपालमा प्रदर्शन गरिने कपीमा मात्र उक्त संवाद हटाइएको छ भने फिल्मका विश्वभरिका कपीहरुमा उक्त संवाद यथावतै रहेको छ ।
बालेनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन गर्न अनुमति नदिने अडान कायमै राखेको छन् ।
Facebook Comment
Comment