एजेन्सी । मानिसहरु एकआपसमा विवाह, जन्मदिन आदिमा उपहार आदानप्रदान गर्छन् ।
उपहार दिने समयमा जहिले पनि यस्तो कोसिस रहन्छ कि उपहार लिने व्यक्तिलाई त्यो उपहार मन परोस् । साथै कतिपय उपहार आवश्यकता अनुसार पनि दिइन्छ ।
तर के तपाईंलाई थाहा छ ? वास्तुशास्त्रमा केही यस्ता चीजहरुको बारेमा बताइएको छ जसलाई उपहारको रुपमा दिँदा प्राप्त गर्ने व्यक्तिको सौभाग्यमा पनि वृद्धि हुन्छ ।
कस्तो हुनुपर्छ उपहार ?
कतिपय मानिस देवीदेवताको मुर्ती वा तस्वीर उपहारको रुपमा दिने गर्दछन् । भगवान गणेशको तस्वीरलाई उपहारको रुपमा दिनु एकदमै शुभ मानिन्छ । गणेश भगवान, उपहार पाउने व्यक्तिका सबै कष्ट हराउँछन् । र साथमा उसको घरमा सुखशान्ति बनिरहन्छ ।
उपहारको रुपमा जनावरको मूर्ति
हात्तीलाई भगवान गणेशको रुप मानिन्छ । यस्तोमा हात्तीको मुर्ति उपहारको रुपमा दिनु एकदमै शुभ मानिन्छ । तर यो कुराको ध्यान दिनु पर्दछ, मूर्ति चाँदी, पीतल वा काठको हुनु पर्दछ । साथमा हात्तीको जोडा दिँदा पनि उपहार पाउने व्यक्तिको भाग्यमा वृद्धि हुन्छ ।
कुन धातु शुभ हुन्छ ?
वास्तुशास्त्रमा चाँदीलाई एकदमै शुभ धातु मानिएको छ । साथै चाँदीको सम्बन्धी माता लक्ष्मीसँग मानिन्छ । चाँदीले बनेको चिजहरु जस्तै चाँदीको सिक्का आदि उपहारको रुपमा दिँदा माता लक्ष्मीको आर्शिवाद, उपहार प्राप्त गर्ने व्यक्तिमा बनिरहने मान्यता छ ।
कुन फोटो उपहार दिने
वास्तुशास्त्रका अनुसार सात वटा भागिरहेका घोँडाहरुको तस्वीर दिँदा व्यक्तिको भाग्य चम्किन सक्छ । त्यसैले यस्तो तस्वीरलाई उपहारको रुपमा दिन सकिन्छ । यसबाहेक तपाईं माटोले बनेको सो पिसहरु पनि उपहारको रुपमा दिन सक्नुहुन्छ । यसले रोकिएको धन फिर्ता आउने मान्यता रहेको छ ।
Facebook Comment
Comment