नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने माओवादी नेता शर्माको चेतावनी

नेपालभ्युज

नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने माओवादी नेता शर्माको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने  चेतावनी दिएका छन् ।
बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहेका उनले नागरिकता विधेयक सम्बन्धि आदेश अविलम्व सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् ।

नागरिकता सम्बन्धि आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्व नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदातले गर्नुपर्ने उनको माग छ । उनले नागरिकता प्रदान गर्ने आदेश अविलम्व नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए ।

उनले   संविधान जारी भएको करिव ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र संघीय संसदबाट कानून बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने बताए । नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बाहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आईरहेको उनले आरोप लगाए।

‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली युवाहरुको पिडालाई आत्मसात गत जेठ १७ गतेका दिन नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित भयो ’ उनले भने, ‘तर षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकैलागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र शुरु भएको छ ।’ उनले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved