भुटानी शरणार्थी प्रकरण :

इन्द्रजित राई र सानु भण्डारीबीच दुई करोड बार्गेनिङ भएको अडिओ बाहिरियो (अडिओसहित)

नेपालीलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका डा. ईन्द्रजित राईले मुख्य योजनाकार सानु भण्डारीसँग पैसा लिएको अडिओ बाहिरिएको छ।

नेपालभ्युज

इन्द्रजित राई र सानु भण्डारीबीच दुई करोड बार्गेनिङ भएको अडिओ बाहिरियो (अडिओसहित)

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका डा. इन्द्रजित राईले मुख्य योजनाकार सानु भण्डारीसँग पैसा लिएको अडिओ बाहिरिएको छ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकारसमेत रहेका राईलाई सानु भण्डारीले २ करोड दिने भनिएको फोन रेकर्ड बाहिरिएको हो। पक्राउ परेका दुवैजना र अरूको थुनछेक बहस भइरहेको छ।

यसअघि, प्रहरीले पक्राउ परेका सानु भण्डारीबाट बरामद गरेको डायरीबाट डा. राईले रकम लिएको खुलेको थियो। ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय भण्डारीले आफ्नो डायरीमा ३ पटक डा. राईलाई नगद लिएको उल्लेख गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूसँगको बयानमा भण्डारीले डा राईलाई ५ करोड ५० लाख दिएको जिकिर गरेका थिए।

अहिले सार्वजनिक अडिओमा भने २ करोडको डिल भएको सुनिएको छ। शरणार्थीको नाममा ठगीधन्दा चलाउने केशव दुलाल र सानु भण्डारीसँग डा. राईको ‘कनेक्सन’ देखिएपछि उनी पक्राउ परेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved