घरको पौडी पोखरीमा १० फिट लामो गोही भेटिएपछि…

नेपालभ्युज

घरको पौडी पोखरीमा १० फिट लामो गोही भेटिएपछि…

एजेन्सी ।  अमेरिकामा एक घरको पौडी पोखरीमा १० फिट लामो गोही भेटिएको छ ।

फ्लोरिडा कीजमा रहेको एउटा घरको पछाडिको स्विमिङ पूलमा १० फिट लामो अमेरिकी गोहीलाई भेटिएको एनडीटीभी हिन्दीले जनाएको छ ।

गोही भेटिएका आतंकित घरपरिवारले तुरुन्तै वन्यजन्तु अधिकारीहरूलाई बोलाएका थिए । एउटा भिडियो अनुसार वन्यजन्तु अधिकारीलाई समेत गोही समाउन हम्मे हम्मे परेको छ ।

गोही कसरी घरको पौडी पोखरीमा पुग्यो भन्ने खुलेको छैन्। संयुक्त राज्य अमेरिकामा दक्षिण फ्लोरिडाको समुद्र तटको वरिपरि धेरै गोही पाइन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved