‘साम्बा’ इजरायली क्लबमा अनुबन्धित

नेपालभ्युज

‘साम्बा’ इजरायली क्लबमा अनुबन्धित

काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ इजरायली क्लबमा अनुबन्धित भएकी छिन्। साम्बाले क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन्। यससँगै साम्बा युरोपेली क्लबसँग आबद्ध हुने पहिलो नेपाली बनेकी छिन्।

इजरायली क्लबले मङ्गलबार आफ्नो सामाजिक सञ्जालमार्फत साम्बा आफ्नो क्लबमा जोडिएको जानकारी गराएको हो।

साम्बाले गोकुलम केरेलाको प्रतिनिधित्व गर्दै इन्डियन वुमन्स लिग पनि खेलेकी थिइन्। उनले आफ्नो क्लबलाई लिग जित्न मद्दत गर्दै कुल ३० गोलसहित सर्वाधिक गोलकर्ता पनि घोषित भइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved