तौल बढाउने तरकारीहरु

नेपालभ्युज

तौल बढाउने तरकारीहरु

एजेन्सी । तौल कम हुँदा पोषक तत्वको कमी हुन थाल्छ र शरीर कमजोर हुन सक्छ । त्यसैले तौल बढाउनका लागि खानपानमा यस्ता तरकारी समावेश गर्न सकिन्छ ।

आलु

आलुमा क्यालोरी र काब्र्सको मात्रा धेरै पाइन्छ । त्यसैले तौल बढाउनका लागि आलुको सेवन लाभदायक हुन्छ । यसलाई भुटेर वा उमालेर खान सकिन्छ ।

मकै

मकैमा स्टार्च भरपूर मात्रामा पाइन्छ, जसले शरीरको तौल बढाउन सक्छ । त्यसैले दैनिक एक कचौरा मकैको सेवन गर्दा तौल बढ्छ । मकैलाई सलाद वा सुपका रुपमा पनि खान सकिन्छ ।

फर्सी

तौल बढाउनका लागि आफ्नो खानामा फर्सीलाई सामेल गर्न सकिन्छ । फर्सीमा स्टार्चको मात्रा पाइन्छ । त्यसैले तौल बढाउन फर्सीको सुप वा तरकारी बनाएर खान सकिन्छ ।

हरियो मटर

हरियो मटर पनि शरीरको तौल बढाउनका लागि एकदमै फाइदाजनक हुन्छ । कार्बोहाइड्रेटले भरपूर हरियो मटरले तौल बढाउन सकिन्छ ।

सिमी

पोषक तत्वले भरपूर सिमी तौल बढाउनका लागि एकदमै फाइदाजनक छ । त्यसैले तौल बढाउन चाहनेले सिमीलाई खानपानमा समावेश गर्नु आवस्यक छ ।

चुकन्दर

तौल बढाउनका लागि चुकन्दर पनि एकदमै राम्रो मानिन्छ । चुकन्दरमा क्यालोरी एकदमै धेरै हुन्छ त्यसैले यसको सेवनले तौल बढाउन सजिलो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved