मखाना र किसमिस मिलाएर खाँदा हुने फाइदा

नेपालभ्युज

मखाना र किसमिस मिलाएर खाँदा हुने फाइदा

एजेन्सी । मखाना र किसमिस दुबै कैयौं भिटामिन तथा मिनरल्सले भरिपूर्ण हुन्छन् । जसले स्वास्थ्यसँग जोडिएका धेरै समस्याहरुलाई कम गर्न सहयोग गर्दछन् ।

एनिमिया जस्तो समस्याले पीडित हुनुहुन्छ, शरीरमा हेमोग्लोबिनको कमी छ भने दैनिक किसमिसको सेवन गर्नु एकदमै फाइदाजनक मानिन्छ ।
त्यस्तै मखानामा म्याग्नेशियम र किसमिसमा फ्लेवेनाइड्सको मात्रा प्रसस्त हुन्छ, जसले हृदयसँग जोडिएका समस्याहरुलाई कम गर्न सहयोग गर्छ । यि दुबैलाई दुधमा मिसाएर खानाले रगतको बहावमा सुधार आउँछ ।

बढ्दो तनाव तथा चिन्ताले गर्दा अनिद्राको समस्या छ भने पनि मखाना र किसमिसको सेवन एकदमै लाभदायक हुन्छ । मखाना र किसमिसलाई दुधमा मिसाएर खाँदा शरीरमा प्रसस्त मात्रामा प्रोटिन, फाइबर र जिंक प्राप्त हुन्छ जसले हाम्रो शरीरमा तुरुन्तै ऊर्जा भरिदिन्छ ।

हड्डीका लागि पनि यी दुबैको सेवन एकदमै फाइदाजनक छ ।  यी दुबैमा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ जसले हड्डी सुन्निने समस्यालाई हुन दिँदैन । यी दुबैलाई दुधमा मिसाएर खाँदा हड्डी बलियो हुन्छ ।

त्यस्तै मधुमेहका लागि पनि यो एउटा राम्रो उपाय हो । यसले शरीरमा हुने चिनीको मात्रालाई नियन्त्रण गर्छ र मधुमेहको समस्यामा थोरै मात्रामा राहत दिन्छ ।

मखानामा फाइबर प्रसस्त हुन्छ र किसमिसमा पनि कैयौं त्यस्ता मिनरल्स पाइन्छन् जसले फाइबरलाई बढाउने काम गर्छ । फाइबरले शरीरको पाचन प्रक्रियालाई राम्रो बनाउँछ, जसले गर्दा अपच, कब्जियत आदि समस्याहरु देखिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved