छुपुमा छुपु : काठ क्षेत्रमा रोपाइँ सुरु (फोटो फिचर)

छुपुमा छुपु : काठ क्षेत्रमा रोपाइँ सुरु (फोटो फिचर)

काठमाडौं। मानो रोपेर मुरी फलाउने महिना भनेर असार महिनालाई चिनिन्छ। यो महिना किसानहरू आफ्ना खेतमा मानो रोप्न वयस्त हुन्छन्।

देशको कतिपय स्थानमा, असार नलाग्दै रोपाइँ सुरु हुन्छ। काठमाडौंको काठ क्षेत्रका किसानहरूलाई पनि असार नजिकिँदै गर्दा रोपाइँको चटारोले छोपेको छ ।

काठमाडौं उपत्यकाका काठ क्षेत्रका फाँटहरूमा यतिबेला किसानहरू रोपाइँ गरिरहेका देखिन्छन् ।

काठ क्षेत्रको टारी खेतमा रोपाइँ सुरु नभएता पनि बागमती किनार आसपासका खेतमा भने नदीबाट पानी तानेर रोपाइँ सुरु भएको छ। आकासे पानीको भर हुने टारी खेतमा भने मनसुन सुरु भएपछि मात्र प्राय: रोपाइँ हुने गर्दछ।

काठ क्षेत्रमा उहिले मेला-पर्ममा रोपाइँ हुने गरेता पनि अहिले त्यो प्रथा लगभग हराइसकेको छ। भनेको बेला काम गर्ने खेताला पनि नपाउने हुँदा यस क्षेत्रमा आजकाल परिवारकै सदस्यहरू मिलेर नै खेत रोप्ने गरेको देख्न सकिन्छ।

“तस्वीरमा गोकर्णेश्वर ४ को उत्तरवाहिनी फाँटमा रोपाइँ गरिँदै”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved