नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस

नेपालभ्युज

नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस

काठमाडौं। नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ । कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो ।

भारतबाट सुरु भएको सेल्फी विथ डटर अभियान नेपालमा पनि आजकै दिन ३ वर्ष अगाडि सुरू भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ ।
विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा हरियाणाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यस बाहेक सेल्फी विथ डटर अभियानका सुरुवातकर्ता सुनील जगलानको समेत उपस्थिति थियो ।

यस बाहेक नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरुलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने उनले बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैङ्गिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे ।

यस्तै सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए ।
कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड २०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो ।

सो कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । HVC गुरुग्राम विश्वविद्यालयका प्रोफेसर दिनेश कुमार, HVC IILM का प्रोफेसर सुजाता शाही, इस्ट-वेस्ट अटोमेसन टेक्नोलोजीका एमडी अरविन्द कौल, रुप अटोमोटिभका एमडी मोहित ओसवाल, हिरो मोटोकर्पका एचआर हेड धर्मरक्षित, डा. सीके गरियाली, सेवानिवृत्त आईएएस र अम्बा वाटलले छोरीहरूको राम्रो भविष्य सिर्जना गर्न सामूहिक प्रयासको महत्त्वलाई जोड दिएका थिए ।

‘सेल्फी विथ डटर’ दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा, नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक समानता र विशेषगरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तीकरणमा सधैं जोड दिएको छ । नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियन भन्दा बढी भ्युज प्राप्त भएको छ ।
छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जा गर्न सधै तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved