काठमाडौं। गत शनिबारदेखि देशभरिका सहकारी पीडितहरू माइतीघरमा आन्दोलनरत छन्। सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेर पीडितहरू एकजुट भई आन्दोलनमा उत्रिएका हुन्।
सरकारसँग सकारात्मक वार्ता नभएसम्म, सहकारी खोलेर ठगी धन्दा चलाउनेहरूलाई कानुनी कारबाही नगरेसम्म र आफ्नो बचत रकम ब्याजसहित फिर्ता नपाएसम्म आन्दोलन निरन्तर जारी रहने संघर्ष समितिले जनाएको छ।
आन्दोलनकै क्रममा पीडितहरूले आज माइतीघरमा सहकारी सञ्चालकहरूको फोटोमा जुत्ताको माला लगाइदिएका छन्। सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिका अनुसार देशभर ५० अर्ब रुपैयाँको हाराहारीमा सहकारीले बचतकर्ताको नगद ठगेका छन्।
समितिमा करिब १ सयभन्दा बढी सहकारी संस्थाबाट पीडित बनेका सदस्य आबद्ध भइसकेको समितिले बताएको छ। यो आन्दोलन अझै सशक्त हुने आन्दोलनमा सहभागी सहकारी पीडितहरू बताउँछन्।
तस्वीरहरू:-

Facebook Comment
Comment