संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, कानून र अर्थ मन्त्रालय पठाएका छौँः मन्त्री मोदी

नेपालभ्युज

संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, कानून र अर्थ मन्त्रालय पठाएका छौँः मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् ।  बिहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको बताएका हुन् ।

उनले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिए । उनले ऐनलाई अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएको र ति मन्त्रालयहरुबाट सहमती आउन बाँकी रहेको उल्लेख गरे ।

‘मैले संघीय निजामती सेवा ऐन बनाउने काम गरेँ । हाम्रो मन्त्रालयमा विभिन्न सरोकारवालाहरु सँग, पूर्व प्रधानमन्त्रीहरुसँग, पूर्व मन्त्रीहरुसँग, पूर्व प्रशासकहरुसँग, बहालवाला प्रशासकहरुसँग, सचिवहरुसँग, ट्रेड युनियनका साथीहरुसँग सबै सरोकारवालाहरुसँग सबै कुराहरु सुन्ने काम गरेर निजामती सेवा ऐनलाई अगाडी बढाउने काम गर्‍यौँ ‘ उनले भने, ‘हाम्रो मन्त्रालयको तर्फबाट शुरुवात गरेर लेखनको कुरा सकिसकेर अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाएका छौँ । कानून र अर्थको सहमती आउन बाँकी छ ।’

मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीहरुप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताए । उनले स्थानीय तहलाई बेरुजु नियन्त्रणका लागि मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आगामी बजेटमा जनजाति, मधेशी, दलित, पिछडिएका क्षेत्रका जेहेन्दार विद्यार्थीलाई लोकसेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताए । उनले निजामती अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने र सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको पनि बताए ।

उनले पालिका प्रमुखहरु विदेश भ्रमणमा जाने कुरामा पनि कडाइ गरेको बताए । आफु खुशी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपुर्‍याइकन जान नदिएको बताए। सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved