डा. बाबुरामले औंल्याएका आफ्नै ६ गल्तीहरू

नेपालभ्युज

डा. बाबुरामले औंल्याएका आफ्नै ६ गल्तीहरू

काठमाडौं।  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना ६ कमीकमजोरी औंल्याएका छन् । नेपाल समाजवादी पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पेश गर्ने  राजनीतिक प्रतिवेदनमा भट्टराईले आफ्ना विभिन्न  ६ कमीकमजोरी औंल्याएका हुन् ।

जेठ २५ बाट सुरू भएको नेसपाको तेस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा यो कुरा उल्लेख गरिएको छ । उनले हतारमा पार्टी घोषणा गर्नु, अरुसँग तालमेल गरेर चुनाव लड्नु,  हतारिएर पार्टी एकता गर्नु, जनआन्दोलन र परिचालनप्रति उदासीनता,  मूल नेतृत्वको उदारता, तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कमजोरीहरू औंल्याएका हुन् ।

बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेस गर्नेछन् ।

बैठक बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्नेछ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved